स्वास्थ्यमन्त्री पुनद्धारा निर्माणाधिन २५ शैया अस्पताल भवनको निरीक्षण

नेपाल स्वास्थ्यलुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले रोल्पाको थवाङ गाउँपालिकामा निर्माणाधिन रहेको २५ शैया अस्पताल भवनको स्थलगत निरीक्षण गरेका छन् । फोटो सौजन्यः स्वास्थ्य मन्त्रीको सचिवालय प्रकाशित मितिः २०८१ असार २ गते, बिहान ७ः४४ बजे

गुल्मीमा आई.पि.भि.खोप अभियान शुभारम्भ

नेपाल स्वास्थ्य, स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालिका गुल्मीबाट पोलियो रोग बिरुद्दको आई.पि.भि. खोप अभियान शुभारम्भ भएको छ । उक्त खोप अभियानको जिल्ला खोप समन्वय समितिका संयोजक तथा गुल्मी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । प्रकाशित मितिः २०८१ जेठ २१ गते, बिहान ७ः४२ बजे

किशोरकिशोरीमैत्री सेवा संचालन गर्न अभिमुखिकरण कार्यक्रम

नेपाल स्वास्थ्य, बैतडीको बसन्तपुर स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको स्वास्थ्य चौकीले जनाएको छ । प्रकाशित मितिः २०८१ बैशाख ११ गते, बिहान १०ः२९ बजे

अब यस्तो बन्नेछ लुम्बिनी प्रादेशिक अस्पताल

नेपाल स्वास्थ्य डटकम, लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अगाडी बढाएको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। उक्त भवनको निर्माण लागत अनुमान ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ रहेको छ । भवन निर्माणको सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ। अस्पतालको मुख्य भवन […]

गुल्मी अस्पतालमा ‘हेमोडायलाइसिस सेवा’ सुरु

लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा अवस्थित गुल्मी अस्पतालमा औपचारिक रुपमा ‘हेमोडायलाइसिस सेवा’ सुरु भएको छ । शनिबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाकाे उद्घाटन गरेका हुन् ।फोटो: अनिल खत्री/गुल्मी प्रकाशित मिति: २०८० माघ १४ गते बिहान ६:४१ बजे

हुम्लामा हिमपात

हुम्लामा आइतबार रातिदेखि भएको हिमपात । हिमपातपछि चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।  तस्बिर : दाने बोहरा/रासस । प्रकाशित मितिः २०८० मंसिर १८ गते, बिहान १०ः३८ बजे

यस्तो छ, डडेल्धुरा अस्पतालको नवनिर्मित भवन

संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालको नवनिर्मित भवन। यो भवनको व्यवस्थापनपछि डडेल्धुरा अस्पतालको सेवा यहीबाट सुरू गरिने अस्पतालले जनाएको छ।तस्बिरः धनबहादुर भण्डारी/रासस प्रकाशित मितिः २०८० मंसिर ५ गते, दिउँसो ३ः३९ बजे

तोरीको फूलमा पुतली

घोराही उपमहानगरपालिका–५ मन्नामेस्थित किसानको बारीमा फूलेको तोरीको फूलको रस खाँदै पुतली । तस्बिर : कुलदीप न्यौपाने /रासस प्रकाशित मिति: २०८० मङ्सिर २ गते, साझ ७:४९ बजे

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

नेपाल स्वास्थ्य डटकम,अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले संयक्त रुपमा योग अभ्यास कार्यक्रम गरेका छन् । हेरौं नेपालस्थित विश्व स्वास्थ्य संगठनले खिचेका फोटोहरु । प्रकाशित मितिः २०८० असार ६ गते, दिउँसो २ः२९ बजे ।

स्वास्थ्यजन्य फोहोरलाई व्यवस्थित गर्दे बर्दिया अस्पताल (फोटोफिचर)

नेपाल स्वास्थ्य डटकम,बर्दिया अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र यूएनडिपीको सहयोगमा पुर्नसंरचना गरी थप व्यवस्थित गरिएको अस्पतालले जनाएको छ ।हेर्नुहोस् फोटोहरुः फोटोहरु: द्रोण बिक्रम पन्थी/बर्दिया अस्पतालप्रकाशित मितिः २०८० जेठ १७ गते, बिहान ११ः०३ बजे