नेपाल स्वास्थ्य डटकम, लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अगाडी बढाएको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। उक्त भवनको निर्माण लागत अनुमान ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ रहेको छ ।


भवन निर्माणको सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ। अस्पतालको मुख्य भवन अन्डरग्राउन्डसहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि छुट्टै भवन ‘ओन्कोलोजी ब्लक’ हुनेछ। बुटवल उपमहानगरपालिका–९ मा रहेको ६ बिघा १२ कट्ठा जग्गामा अस्पतालको नयाँ भवन बन्ने छ ।
निर्माण कार्यको लागि पुराना भवनहरु बिस्तारै हटाउन सुरु गरिएको अस्पतालका मेसु डा. सुदर्शन थापाले बताएका छन्।
प्रकाशित मितिः २०८० फागुन १९ गते, साँझ ६ः४६ बजे

