…जब अस्पताल परिसरमा अटोमै बच्चा जन्मियो
नेपाल स्वास्थ्य । रेसुंगा नगरपालिका ७ की पवित्रा नेपाली सुत्केरी व्यथाले च्यापिएपछि गुल्मी अस्पताल तम्घासमा ल्याइँदै थिइन् । अस्पताल प्रागंणमा आउँदै गर्दा जब उनले आफू चढेको अटोमा बच्चा जन्माइन् तब नजिकै रहेका सबै अचम्ममा परे । तत्काल अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकले उक्त अटोमै गई सुत्करी तथा बच्चालाई अस्पतालभित्र लगेर आवश्यक उपचार अगाडी बढाएका थिए […]

