आमा-बा चिनाएको पहिलो रजस्वला

–प्रतिक्षा केसी शरीरबाट बग्ने रगतलाई हेर्ने मेरो नजरिया त्यो बेला बदलिँदै थियो। मेरा दिदीहरुको रजस्वलाको कथा, व्यथा पीडादायी भए पनि मलाई राेमाञ्चित अनुभूति हुन्थ्यो। दु:ख हाे भन्ने थाहा हुँदा हुँदै पनि मैले ‘रजस्वला’ को अनुभूतिको रहर गर्न लागेको केही समयमा भएको थियो। ममीको खप्कीले म झसंग हुन्थे र बेलाबेला आफैँलाई आफैसँग लाज लागेर आउँथ्यो। मलाई […]

स्वस्थ शरीरका लागि योगको ठूलो महत्व छ : प्रधानमन्त्री देउवा

–रासस प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले मङ्गलबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक […]

सिकलसेल रोगबाट बच्न रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव

पश्चिम नेपालका थारू समुदायमा मात्र देखिएको सिकलसेल रोगको रोकथामका लागि रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकहरूले थारू समुदायलाई सुझाव दिएका छन्। सिकलसेलबाट सन्तानलाई बचाउन अनिवार्य रूपमा रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन आग्रह गरिएको सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेले बताउनुभयो। उहाँले थारू समुदायका लागि विवाह कुण्डली नै तयार पारेर बाँकेका गाउँगाउँमा वितरण […]

काठमाडौंमा हैजाका बिरामी भेटिए

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा दुई जनामा हैजा भेटिएको जानकारी दिएको छ । उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले अपिल […]

गर्मीमा लस्सी पिउनुका फाइदाहरु

लस्सी एक यस्तो पेय पदार्थ हो जसलाई आयुर्वेद र चिकित्सा विज्ञान दुबैले स्वास्थ्यको लागि धेरै प्रभावकारी पेय मानिन्छ। विशेष गरी लस्सीको सेवनले कलेजो स्वस्थ राख्न मद्दत मिल्छ। विशेषगरी गर्मीको मौसममा यस्ता पेयपदार्थका धेरै विकल्प छन्। जुन स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक रहेको पाइन्छ। दहीलाई फिटेर तयार पारिएको यो पेय धेरै पोषक […]

टमाटरले गर्छ यी फाइदाहरु

तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ । मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक […]

बालबालिकाको लागि कोरोनाविरुद्धको खोप आइपुग्यो

पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो । २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ ।