अब यस्तो बन्नेछ अर्घाखाँची अस्पताल

नेपाल स्वास्थ्य, अर्घाखाँचीबाट निर्वाचित सांसद हरि प्रसाद भुसालले अब सुविधासम्पन्न अर्घाखाँची अस्पताल बन्ने बताएका छन्। उनका अनुसार यसका लागि केहिदिनमै टेन्डर आव्हान हुनेछ। यसअघि धेरैपटक नयाँ अस्पताल भवन बन्ने भनिएपनि नबनेको उल्लेख गर्दै उनले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्ने बताए। उनले नयाँ भवन बढीमा १००० दिनमै बन्ने समेत आफ्नो सामाजिक संजालमार्फत बताएका छन् । प्रकाशित […]

उपभोक्ता स्वास्थ्यमा सरोकारवालाको दायित्व

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]

सरकारी कार्यालयदेखि देशैभरिका अस्पताल सफा गरिने

नेपाल स्वास्थ्य, सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ।  सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो। त्यसका लागि सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको जनाइएको छ। सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह  शुभारम्भ हुनेछ । प्रकाशित मिति: […]

लैङ्गिक हिंसामा परेमा तत्काल खबर गर्न मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा  तत्काल खबर गर्न आग्रह गरेको छ । महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन […]

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

नेपाल स्वास्थ्य, दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ। पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने भएको छ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एनजियोप्लाष्टि गरेको […]

२३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही ६ र ७ वैशाखबाट सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै, आठ लाख […]

ब्लग: एक इन्जिनियरको कर्म, संघर्ष र विश्वासको कथा

ई.नरबहादुर बोहरा,डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३, कडगाउँ– पहाडको काखमा अडिएको, कुहिरोले बिहान ढाक्ने र साँझ परेपछि सपनाले भरिने एउटा सानो गाउँ। त्यहीँ मेरो जन्म भयो। त्यस्तो भूमिमा, जहाँ आकाश जति ठूलो आकांक्षा थियो, तर हातमा समातिने साधनहरू सधैँ साना थिए। गाउँमा जीवन सरल थियो, तर संघर्षले भरिएको। माटोका आँगन, पाखा–पखेरामा दौडिने बाल्यकाल र अभावसँगै हाँस्न सिकेको […]

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ । सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो । मन्त्रालयका सह-प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था […]

स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिन् नर्स निशा मेहता

नेपाल स्वास्थ्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन्। सुनसरीको इनरूवाकी मेहता बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत हुन्। उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। प्रकाशित मिति: २०८२ चैत्र १३ गते, दिउँसो २:३८ बजे

बीमाका औषधि बाहिर किन्न लगाउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री बाहिरका पसलबाट नगदमा किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गरिने स्वास्थ्य बीमा बोर्डले चेतावनी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित बिरामीलाई उपचारका क्रममा आवश्यक पर्ने सेवा र औषधि बीमा प्याकेजभित्रै उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि […]