नेपाल स्वास्थ्य, रोल्पामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समन्वय बैठक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ को अवसर पारेर मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी समन्वय बैठक लिबाङमा आयोजना गरिएको थियो । छलफल कार्यक्रममा सहभागी वक्ताले बिश्वमै दुर्लभ रहेको रेडपाण्डा रोल्पामा पाइने भएको हुनाले यसको संरक्षण र प्रबद्धनको लागि राज्यले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय रोल्पाका कार्यालय प्रमुख डिभिजनल वन अधिकृत यज्ञमूर्ति खनालले जैविक विविधता दिवसको सन्दर्भ, जैविक विविधताको प्रकार, नेपालको अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहल, लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तु द्धन्द्धका घटनाको अवस्था, वन्यजन्तुबाट हुने क्षतीको राहत निर्देशिकाको व्यवस्था, रेडपाण्डा संरक्षण सम्बन्धी अवस्थाको बारेमा प्रस्तुति समेत दिएका थिए ।
प्रकाशित मिति: २०८३ जेठ ११ गते, बिहान ८:१७ बजे

