नेपाल स्वास्थ्य, उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् । आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम गरेका उनीहरुले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका हुन् ।
त्यस्तै असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर काउन्सिलले दिएको प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् । उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू यतिबेला आन्दोलनमा उत्रिएका छन्।
प्रकाशित मिति: २०८२ असार २३ गते, बिहान ६:१५ बजे

