नेपाल स्वास्थ्य, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन आयोग तथा काठमाडौँ विश्वविद्यालयको नाममा परमादेश जारी गरेको थियो । उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले आयोगलाई सम्बन्धन दिनका लागि लेखी पठाउने निर्णय गरेको थियो ।
बीएण्डसीले २०६४ सालमा नै शिक्षा मन्त्रालयबाट आशयपत्र लिएको थियो । यस मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँ रहेका छन् ।
प्रकाशित मितिः २०८१ असार ५ गते, बिहान ६ः०७ बजे

