अस्पताल कहाँ होला ?

साहित्य

– विरेन्द्र दास (विवश विद्रोही)
अस्पताल कहाँ होला जहाँ कुर्नुपर्छ अझै धामी पाउन
खेत बाझाे छन् कठै मुस्किल छ गाउँमा मलामी पाउन

अवसर होलान् र फर्कन्छ परदेशी भन्दैछन् बाबा आमा
प्रदेशिलाई गाउँ रित्तै कसरी फर्किम् भाछ बदनामी पाउन

उद्घाटन र शिलान्यास दिनकै खबर आउँछ अखबारमा
प्रतिफल नदेखिने काममा पुग्छन् बेतुकी सलामी पाउन

भगवानमा बुद्ध सिता अरनिको तिम्रै कोखको सन्तान झैँ
कति कोर्नुपर्छ नेपालीले नेतृत्वमा बौद्धिक दूरगामी पाउन।

प्रकाशित मिति: २०८० फागुन ६ गते, बिहान ५:२४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *