डा. दीपक रौनियार, वरिष्ठ यूरोलोजिस्ट
विशेषत यौन दुर्बलता भनेको शारीरिक सम्पर्कको समयमा पुरूषको लिङ्गमा उत्तेजना नआउनु र शारीरिक सम्पर्कको समयमा शिथिलता आउनु हो। यौन दुर्बलता आउनुमा विभिन्न प्रकारका कारणहरु रहेका छन्। जस्तै:
- मानसिक तनाब,
- मधुमेह भएमा,
- रक्तचापको समस्या,
- मुटु सम्बन्धित रोग भएमा,
- टेस्टेस्टेरोन हर्मोनको कमि,
- लिङ्गको रक्तनलीमा बोसो जम्नु,
- प्रोस्टेट ग्रंन्थिको संक्रमण तथा नसा सम्बन्धि कमजोरी।
यदि यौन दुर्बलता सम्बधि समस्या छ भने समयमा नै बिना कुनै हिच्किचाहट चिकित्सकको सल्लाह, सुझाव र उपचार लिनुपर्दछ। मानसिक र शारिरिक रुपमा स्वस्थ्य रहि खानपानमा ध्यान पुर्याउने र चिकित्सकको सल्लाह अनुसार अगाडी बढेमा यस रोगको निदान गर्न सकिन्छ।
प्रकाशित मिति: २०८९ फागुन १ गते, विहान ६:५१ बजे

