नेपाल स्वास्थ्य डटकम,
गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले सूचना मार्फत डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ। गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेंगीको संक्रमण देखिएको छ ।
प्रकाशित मितिः २०८० जेठ १४ गते, दिउँसो १ः०७ बजे

