कोभिड-१९ को आपत्‌कालीन स्थिति समाप्त भएको विश्व स्वास्थ्य संगठनको घोषणा

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,

विश्व स्वास्थ्य संगठनले ‘कोभिड–१९’ अब विश्वव्यापी आपत्कालीन स्थिति नरहेको घोषणा गरेको छ। शुक्रबार डब्लूएचओले यस्तो घोषणा गरेको हो। आपतकाल घोषणा गरिएको तीन वर्षपछि संगठनले शुक्रबार औपचारिक रुपमा महामारी अन्त्यतर्फ जान लागेको संकेतसहितको घोषणा गरेको हो। कोभिड-१९ को प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले २०७६ माघमा विश्वव्यापी रुपमा आपतकाल घोषणा गरेको थियो।

महामारी उचाईमा पुगेका वेला सन् २०२१ को जनवरीमा एक सातामा विश्वव्यापी रुपमा एक लाखले ज्यान गुमाएकोमा अहिले यो मृत्यकको संख्या घटेर प्रति साता तीन हजार पाँच सयमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोसले महामारीबाट कम्तीमा दुई करोड मानिसको ज्यान गएको बताएका छन्।


प्रकाशित मितिः २०८० बैशाख २३, बिहान ११ः३३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *