नेपाल स्वास्थ्य,
जाडोमा शरीरको तापक्रम सामान्यतया कम रहन्छ। यस्तो अवस्थामा शरीरले आफ्नो तापक्रम कायम राख्न बढी तनाव लिनुपर्ने हुन्छ, जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ, जसले हृदयघातको खतरा हुन्छ । यस बाहेक धेरै मानिसहरूले घर भित्र चिसोलाई बेवास्ता गर्छन्, घरमा पनि आफूलाई राम्रोसँग ढाक्नुहोस्। हिँडडुललाई पूरै नछोड्नुहोस्, तर बिहान सबेरै नभई अलि ढिलो गरी हिँड्न जानुहोस्। जाडोमा खानपानमा पनि विशेष सावधानी अपनाउनुपर्छ । धेरै तेल मसालेदार खानेकुराबाट सकभर टाढा रहनुपर्छ भने मासुका परिकार पनि सकभर खानु हुँदैन । जाडोमा विवाहजस्ता धेरै कार्यक्रम हुन्छन्, यस्तो अवस्थामा खानामा पनि ध्यान दिनुपर्छ ।
मुटुसँग सम्बन्धित कुनै औषधि चलिरहेको छ भने रोक्नु हुँदैन । आफ्नो औषधि नियमित रूपमा सेवन गर्नुपर्छ । यदि कुनै समस्या देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गरी आवश्यकता अनुसार औषधिको संयोजन गर्नुपर्छ । जाडोमा रक्तचाप बढ्दै वा घट्दै गएको छ भने यसको औषधि आवश्यकता अनुसार बढाउनुपर्ने हुनसक्छ ।
हृदयघातका लक्षणहरुः
छातीको दुखाइ, भारी महसुस हुने,
टाउकोमा हल्का दुखाइसँगै कमजोरी महसुस हुने,
पसिनाको अचानक शुरुवात हुने,
काँध र दुवै हात, विशेषगरी बायाँ छेउमा दुखार्इ हुने,
हिँड्न गाह्रो हुने,
कसै कसैले जिब्रोमा दुखाइ महशुस हुने,
पुरै शरीर चिसो हुने तथा बेहोश हुनेजस्ता लक्षण देखा पर्दछन् तसर्थ हृदयघातबाट बच्न विशेष सर्तकता अपनाउन आवश्यक हुन्छ ।
इन्डियन न्यूज जनसत्ताको सहयोगमा ।
प्रकाशित मितिः २०७९ पुस ६ गते, विहान ७ः०५ बजे

