मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य
‘इन्टरनेशनल कन्फ्रेन्स अन चाइल्ड एण्ड एडोलसेन्ट मेन्टल हेल्थ –२०२२’ कार्यक्रम हायात रिजेन्सी काठमाडौंमा सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रम २ दिन चलेको थियो ।

सम्मेलनमा विभिन्न देशका ३५० बढीले सहभागिता जनाएका थिए। सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास, मनोविद् करुणा कुँवर लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सात बुँदे घोषणापत्र जारी गर्दे सम्पन्न भएको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २ गते, विहान ८ः०५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *