जलनका घटनाबाट बच्न अपनाउनुस् यी सर्तकर्ता

गृहपृष्ठ विचार/ब्लग हेडलाइन्स

नेपाल स्वास्थ्य डेस्क

हिन्दु नेपालीहरुको महान् पर्वमध्ये एक तिहार पनि हो । यस पर्वमा पटका पड्काउने, झिलिमिली बत्तिहरु बाल्ने लगायतका धेरै कार्य गरी रमाइलो गर्ने गरिन्छ । यसरी यस्ता कार्यहरु गर्दा जलनको अत्यन्तै जोखिम रहेको हुन्छ । जसका कारण नेपालमा धेरैले ज्यान गुमाउनुको साथै अड्डभड्ड भएर कष्टकर जीवन समेत बिताउनु परिरहेको देखिन्छ । त्यसैले यसप्रकारका जोखिमबाट बच्नको लागि तिहारमा विशेष सर्तकर्ता अपनाउनु अति जरुरी देखिन्छ ।

जलनका घटनालाई कम गर्न र सकभर अस्पतालसम्म आइपुग्न नपरोस् भनी कीर्तिपुर अस्पतालमा कार्यरत डा. किरण नकर्मीले केही सुझाव दिनुभएको छ ।

प्रस्तुत छन् उहाँका केही सुझावहरुः

१. सकेसम्म दियोको सट्टा बिजुली बत्ती बालौं। दियो बाल्ने परे पर्दा र बालबालिकाले नभेट्ने गरी बालौं।

२. हावाहुरी आउँदा दियो नबालौं। रातभर दियो बालेर नसुतौं।

३. रोटी, खाना पकाउँदा भुईंमा नपकाऊँ। अग्लो ठाउँमा पकाऊँ। पकाउँदा लुगा र कपडा खुकुलो नपारौं।

४. जिउमा सपक्क पारेर आगोले सजिलै नटिप्ने सुतियो कपडा लगाऊँ। बच्चा बोकेर कहिल्यै नपकाऊँ।

५.झिलिमिली तारहरू मुसाले काटेको हुनसक्छ। सर्ट हुनसक्छ। राम्ररी भण्डारण गरेको हुनुपर्छ। शंका लागे नबालौं। चिसो हातले प्लगमा जोड्ने काम नगरौं।

६. पटाकालाई पुरै निरुत्साहित गरौं।

प्रकाशित मितिः २०७९ कार्तिक २ गते, विहान ७ः४३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *