आगामी कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाइने

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य

सरकारले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ । परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आगामी कार्तिक २ र ३ गते भिटामिन ए खुवाइने छ । यस सम्बन्धी जानकारी सबै प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत गराइएको छ ।

भिटामिन ए आम वितरण अभियान सफलतापूर्वक सम्पन्न गराउन विगतमा जस्तै सहयोग, समन्वय, प्रचार तथा प्रसारतथा आवश्यक सहजिकरणको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।


हेर्नुहोस् पत्रः


प्रकाशित मितिः २०७९ असोज २५ गते, विहान ५ः५७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *