डेंगी निको भएपछि पनि कसरी ख्याल गर्ने?

गृहपृष्ठ विचार/ब्लग

डा.रवीन्द्र पाण्डे

डेंगी निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘सन्चो‘ भएको छैन | शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्ने/ झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने / बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ | डेंगीमा प्लेट्लेट्स घट्ने तथा अरुचीको कारण पोषण तत्वको अभाव भएको हुन्छ | डेंगीको पीडाले गर्दा मनोबैज्ञानिक समस्या पनि देखिन सक्छ | आफ्नो परिवारलाई सर्छ कि ? दोहोर्याएर डेंगी हुन्छ कि ? पहिलेजस्तो स्वास्थ्य हुँदैन कि भन्ने चिन्ता अधिकांश व्यक्तिमा पाइन्छ | आफूलाई पहिले डेंगी लागेका अनि अन्य परिवारजनलाई डेंगी सरेको केसमा संक्रमितमा ग्लानिबोध हुनसक्छ |

यी समस्याबाट बच्नको लागि :

१. ज्वरो निको भएपछि बिस्तारा छोड्ने | अलिअलि हिंड्ने | सजिला काम गर्दै जाने |

२. खानामा अरुची भएपनि पोषिलो खाना तथा झोलिलो पदार्थ खाइरहने | जंक फुड, क्यान जुस, कोल्ड ड्रिंक्स, अल्कोहल, चुरोट सेवन नगर्ने |

३. पोषणको अभावमा ब्लडप्रेसर कम छ भने जीवनजल पानी खाइरहने |

४. भिटामिन डी, भिटामिन बि१२, एन्टिअक्सिडेन्ट र रगत बढाउने खाना तथा सप्लिमेन्ट सेवन गर्ने |

५. हल्का ब्यायाम गर्ने |

६. योग, प्रणायाम तथा रसायन अर्थात् (अमला, किवी, मेवा, अनार, जुनार, पालुंगो, च्यवनप्राश ) सेवन गर्ने |

७. धेरै साथी तथा आफन्तसंग सम्पर्कमा रहने |

८. मन बहलाउन कमेडी फ्लिम, उर्जाबर्धक स्पिच सुन्ने/ हेर्ने |

९. आत्मबल बलियो बनाउने प्रयास गर्ने |

१०. समयसमयमा चिकित्सकसंग आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएर आवश्यक परीक्षण गर्ने |

११. कमजोरी रहेसम्म मनोनिग्रह तथा इन्द्रिय निग्रह गर्ने, ब्रह्मचर्य पालना गर्ने।

डा. पाण्डेको फेसबुक पेजबाट ।

प्रकाशित मितिः २०७९ असोज २५ गते, दिउँसो १२ः५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *