नेपाल स्वास्थ्य,

स्याउका धेरै फाइदा छन् । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्व रहेका हुन्छन् । स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।
स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खाने गर्दछन् भने केही मानिस बोक्रा झिकेर खान मन पराउन्छन्। खाली पेटमा स्याउ खाँदा मुटुलाई फाइदा गर्छ । यसमा रहेको फाइबरले ब्लरप्रेसरलाई नियन्त्रणमा राख्छ । त्यस्तै, भिटामिन सी र पोटासियमले हृदय रोगको खतरा कम गर्छ ।
स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ ।
दिनहुँ स्याउ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ भने सुगर नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत राख्न पनि सघाउ पुयाउँछ । फाइबर, क्याल्सियम, एन्टि–अक्सिडेन्ट तथा प्लेबिनाइड तथा फाइटोकेमिकल्सले युक्त स्याउको बोक्राले मोटोपना कम गर्नुको साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ । बोक्रासहितको स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउनका साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन । पत्थरीबाट बच्न दिनहुँ स्याउको सेवन उपयोगी हुन्छ । मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
प्रकाशित मितिः २०८१ असोज ४, राती ९ः२४ बजे

