केरा खानुका यी हुन् फाइदाहरु

टिप्स

नेपाल स्वास्थ्य, हामी धेरैले मन पराउने मध्येको फल हो केरा । राम्रो र पौष्टिक आहार स्वास्थ्यको लागि राम्रो मानिने भएकाले यस्ता फलफुल खानु स्वास्थ्यको लागि उत्तिकै लाभदायक मानिन्छ । केराको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी धेरै रोगबाट बच्न सकिने अध्ययनहरुले समेत बताएका छन् । मुटुसम्बन्धी समस्यादेखि महिलाको महिनावारीको अनियमिता, छाती पोल्ने, कब्जियत लगायतका विभिन्न समस्या समाधानका लागि केरा निकै उपयोगी मानिन्छ ।

– तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।
– यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।
– अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।
– ब्लडसुगरलाई नियन्त्रण गर्दछ ।
– गर्भावस्थामा वाकवाकी हुने, वान्ता हुने र चक्करजस्ता समस्याबाट बच्न केराको सेवन गर्नु राम्रो हुन्छ।
– बिहान खाली पेटमा केरा खाँदा पेटमा ग्यासको समस्या कम हुँदै जान्छ।
– छाती पोलेको अवस्थामा केरा खाँदा तुरून्तै लाभ लिन सकिन्छ।
 – पेटको अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ।
– पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन ।
– यसमा उच्च आइरन पाइने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन ।

प्रकाशित मितिः २०८१ साउन १६ गते, दिउँसो २ः३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *