नेपाल स्वास्थ्य डटकम
डा. सन्दुक रुइत प्रख्यात नेपाली आँखाका डाक्टर हुन् । उनको अर्को विशिष्ट पहिचान भनेको रोमोन म्याग्सेसे पुरस्कार र इसा अवार्डजस्ता चर्चित पुरस्कार प्राप्त गर्ने शौभाग्य उनले पाए । काठमाण्डौंको तिलगंगा आँखा केन्द्रका निर्देशक पनि रहेका उनी बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता समेत उनी हुन्। उनले आफ्नै हातले धेरै जनाको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ भनेर चिनिन्छ । यसैबीच उनले भारत सरकारद्वारा सन् २०१८ मा प्रदान गरिएको पद्मश्री पुरस्कार, नेपाल सरकारबाट सन् २०१९ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार समेत उनले प्राप्त गरेका छन् ।
सन् १९७० मा सिद्धार्थ वनस्थली स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास भएका डा.रुइत त्रिचन्द्र क्याम्पसमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको किङ जर्ज मेडिकलमा भर्ना भएका थिए । डा. रुइतले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा एमडी पढेका हुन् ।
भर्खरै सार्वजनिक देशसंचारसँगको अन्तर्वार्तामा उनले कुनै काम गर्दा त्यसलाई भित्रैदेखि माया गर्दे प्राथमिकता दिएमा सफलता प्राप्त गर्ने उनले बताए । आफ्नो जिन्दगीलाई फर्केर हेर्दा आफू यो ठाउँमा कसरी पुगें भन्ने कुरामा विश्वास लाग्न गाह्रो भएको उनी बताउन्छन् । अति दुर्गम ठाउँबाट आएर कोशिस गरे जो कोहिले पनि सफलता प्राप्त गर्न सकिने अन्तर्वार्ताका क्रममा रुइतले बताएका छन् ।
प्रकाशित मिति: २०८० कार्तिक २१ गते, दिउँसो १ः०३ बजे

