धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चा जन्मियो

स्वास्थ्य समाचार

बागलुङ – धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।

यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे छ । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक १०, दिउँसो १२ः५१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *