पुष्कर घिमिरे
बिरामीका विभिन्न रोगहरुलाई
नजिकबाट आफ्नै ठानी
बेडमा लडिरहेकाहरुलाई
उज्यालो संसार देखाउन
अनेक प्रयासमा हुन्छन्
तर दोष उनैलाई दिन्छन् ।
बेडको नजिक जान्छन्
कस्तो छ सोध्छन् ?
कसरी निको पार्ने भनी
दिमागभरी बिरामी बचाउने
गन्थन मन्थन गरिरहेका
एक्कासी हत्यारा हुन्छन्
भिडबाट कठालोमा समातिन्छन् ।
बिरामी निको पार्न
धेरै सफल अपवाद असफल हुन्छन्
हजारौ सफल कर्म एकछिनमै बिर्सिई
हत्याराको ट्याग लगाउन्छन्
स्वीकार गर्न बाध्य बन्ने
स्वास्थ्यकर्मीको खै कस्तो नियती ।
अकाल मृत्युुबाट बचाउन
सकभर रोक्ने प्रयास हुन्छ
तर कहिलेकाहीँ प्रयास असफल हुन्छ
स्वास्थ्यकर्मीको पनि बचाउने मन हुन्छ
असफलतामा अरुको जस्तै
मन अमिलो हुन्छ
तर क्षणभरमै हत्यारा भनी
किन ऊ घोषित हुन्छ ?
अभिभावक माथी भएको दुव्र्यवहार
बिर्सनै नसकिने नमिठो प्रहार
मनमा बिझेको काँडाजस्तै
झिक्न, निको पार्न नपाउँदै
चुपचाप फेरी उपचारमै
लाग्न विवश छौं हामी स्वास्थ्यकर्मी ।
–लेखक घिमिरे स्वास्थ्यकर्मी हुनुहुन्छ ।
प्रकाशित मितिः २०८० भदौ १५ गते, बिहान ७ः३५ बजे

