बढ्दो उमेरसँगै महिलाको स्वास्थ्यमा कस्ता समस्या देखा पर्दछन्?

टिप्स

नेपाल स्वास्थ्य डटकम
बढ्दो उमेरसँगै महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पनि धेरै परिवर्तनहरू आउँछन् । ३५ देखि ४० वर्षको उमेर नाघेपछि हर्मोनल परिवर्तनले शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्छ। खराब खानपान र बिग्रिएको जीवनशैलीले स्वास्थ्य समस्याको जोखिम बढाउँछ । स्वास्थ्यका हिसाबले महिलाले ३५ वर्ष नाघेपछि बढी सजग हुन जरुरी छ । यो उमेरपछि महिलामा केही रोगको जोखिम बढ्छ ।

मृगौलाको पत्थरीको जोखिम बढ्न सक्छ:
उमेर बढ्दै जाँदा मिर्गौलामा पत्थरी हुने सम्भावना बढ्दै जान्छ । मिर्गौलामा पत्थरी पुरुषमा र महिला दुवैमा यो देखिन्छ । ढाडमा कडा दुखाइ, पिसाबमा रगत आउनु, ज्वरो आउने, चिसो लाग्नु, बान्ता हुनु, पिसाबको दुर्गन्ध आउनु र पिसाब गर्दा जलन हुनु मिर्गौलामा पत्थरी हुने चेतावनी वा संकेत हो ।
बाथ रोगको खतरा:
उमेर बढ्दै जाँदा महिलालाई बाथ रोगको खतरा बढी हुन्छ । हड्डीको घनत्व उमेरसंग घट्दै जान्छ, जसले जोर्नीहरूमा दुखार्इ र कठोरता बढाउन सक्छ।
मधुमेहको जोखिम बढ्न सक्छ:
३५ देखि ४० वर्षको उमेरमा खानपान र जीवनशैलीलाई राम्ररी पालना नगरेमा मधुमेहको जोखिम बढ्न सक्छ। मधुमेह रोग लागेमा शरीरमा यसको चेतावनी संकेत देखिन थाल्छ । अत्याधिक थकान, अत्याधिक तिर्खा, धेरै पिसाब लाग्नु, दृष्टि धमिलो हुनु, तौल घट्नु, गिजाको समस्या महिलामा मधुमेहका लक्षण हुन् ।
हड्डी स्वास्थ्य बिग्रन सक्छ:
३५ वर्ष पार गरेपछि हड्डीको घनत्व घट्छ। हर्मोनको परिवर्तनका कारण शरीरको संरचनामा ठूलो असर पर्छ । यो उमेरपछि महिलाले आफ्नो क्याल्सियमको मात्रा र भिटामिन डीको मात्रामा ध्यान दिनुपर्छ ।

उच्च रक्तचापको समस्या बढ्न सक्छ:
उच्च रक्तचाप एक गम्भीर स्वास्थ्य समस्या हो जसले शरीरमा ज्यान जोखिममा पार्ने असर गर्छ। उच्च रक्तचापले हृदयघात, मृगौला फेल र स्ट्रोकको जोखिम बढाउँछ। रक्तचापको रोगको लागि खराब खानपान र बिग्रिएको जीवनशैली जिम्मेवार छ।

Photo:Umkal Hospital

-इन्डियन न्यूज जनसत्ताबाट

प्रकाशित मितिः २०७९ चैत्र १३, बिहान ९ः०७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *