गर्भपतनको समस्याबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

टिप्स

नेपाल स्वास्थ्य डेस्क
आज विश्वमा मौसम र जीवनशैलीमा आएको परिवर्तनका कारण गर्भपतन सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ । पटक पटक गर्भपतन हुदाँ धेरै जनाको सन्तान जन्माउने चाहनामा कुठाराघात समेत भएको देखिन्छ । गर्भधारण गर्नुअघि राम्रोसँग योजना बनाई चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । यदि बारम्बार रुपमा गर्भपतन भैरहेमा यसबाट महिलाहरुमा तनाव सिर्जना भई थप अरु रोगको समेत सिकार बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । खासगरी यौनजन्य रोगका कारण पनि गर्भपतन हुन सक्छ । यौन सम्बन्धी रोगहरूले बारम्बार गर्भपतनको जोखिम बढाउने हुन्छ । जानौं केही गर्भपतनका कारणहरु ।

बुढेसकालः
आजको पुस्ता सुन्दर भविष्यको कल्पनामा दौडधुपमा बाँचिरहेको छ । यसरी ऊ ढिलो उमेरमा विवाह गर्दछ र उसले बच्चाको योजना पनि ढिलो बनाउने गर्दछ। यसरी उमेर बढेपछि शरीरमा धेरै प्रकारका शारीरिक समस्याहरु बढ्ने गर्दछ।
हर्मोनल परिवर्तनः
महिलामा हर्मोनमा हुने परिवर्तन पनि बारम्बार गर्भपतनको कारण हुनस क्छ। थाइराइड, मधुमेह, मोटोपन वा अन्य रोग भएका महिलाहरूलाई हर्मोन सम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ। गर्भावस्थाको समयमा अत्यधिक वा असामान्य हार्मोनल परिवर्तनहरूबाट बच्नको लागि, तपाईंले स्वस्थ आहार, व्यायाम र ध्यानको पालना गर्नुपछ ।

मोटोपन ः
तौल बढी हुँदा पनि गर्भपतन हुनसक्छ । मधुमेह वा थाइराइडको समस्या भएका महिलाहरूमा गर्भपतन हुने सम्भावना बढी हुन्छ । यदि तपाइँलाई थाइराइड छ र तपाइँ गर्भवती हुनुहुन्छ भने, समयमै औषधी लिनुहोस् । आफ्नो रगतमा चिनीको मात्रा जाँच गरिरहनुहोस् र स्वस्थ आहारको पालना गर्नुहोस् किनभने मोटोपन पनि ठूलो कारण हुन सक्छ । भिडियो एक्सरेको सहायताले गर्भपतनबारे थाहा पाउन सकिन्छ ।

गर्भावस्थाको बेला अल्ट्रासाउन्ड स्क्यानले बच्चाको स्वास्थ्यको बारेमा जानकारी दिन्छ । गर्भावस्थाको पहिलो २० हप्ताहरू जटिल हुन्छन् । यो अवधिमा गर्भपतनको जोखिम उच्च हुन्छ । त्यसैले यो समयमा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा भारी बस्तुहरू उठाउनु हुँदैन भने हिड्डुँल भने गरिरहनु पर्दछ ।

तसर्थ यी लगायत धेरै कारणले गर्भपतनको जोखिम रहेको हुन्छ । तसर्थ समयमै चिकित्सकसँग भेटी आवश्यक उपचार गराउनुपर्दछ ।

इन्डियन न्यूज जनसत्ताको सहयोगमा ।
प्रकाशित मितिः २०७९ कार्तिक २२, राती १०ः२६ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *