नेपाल स्वास्थ्य डटकम,
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ l सार्वजनिक गरिएको घोषणापत्रमा स्वास्थ्यका विभिन्न विषय वस्तुहरुलाई प्राथमिकतामा राखेको छ l
सो पार्टीले “बलियो स्वास्थ्य संयन्त्र- हाम्रो मन्त्र” र “मानसिक स्वास्थ्य- सद्भाव अनि अपनत्व” जस्ता नारा अगाडी सारेको छ जसमा स्वास्थ्य सेवामा सबै नेपालीको पहुँच, केन्द्रिकृत एम्बुलेन्स सेवा, आकस्मिक मेडिकल उपचार तथा प्रसब ऎन, स्वास्थ्यकर्मीको लागि छुट्टै स्वास्थ्य श्रमिक ऎनको प्रतिबद्दता गरेको छ l


प्रकाशित मितिः २०७९ कार्तिक १७ गते, दिउँसो १:२१ बजे

