नेपाल स्वास्थ्य डटकम
नेपाल चिकित्सक संघले आयोजना गरेको “एनएमए नेसनल हेल्थ समिट २०२२” सम्पन्न भएको छ । उक्त समिटको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उक्त सम्मेलन काठमाण्डौंको कार्की ब्याङ्कौटमा तीन दिन चलेको थियो । सुर्तीजन्य पदार्थको असर,स्वास्थ्यकर्मीको हौसला, स्वास्थ्य पर्यटन, स्वास्थ्य शिक्षा लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी विषयमा छलफल चलेको थियो । कार्यक्रममा देशका विभिन्न भागबाट चिकित्सहरुको सहभागिता रहेको थियो । सम्मेलनले ११ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
प्रकाशित मितिः २०७९ असोज ६ गते,बिहान १०ः५० बजे ।

