अनु केसी, नेपाल स्वास्थ्य डटकम ।
नेपालमा डेंगुबाट सङ्क्रमितको सङ्ख्या बढ्दैं गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालमा १३ हजार सात जनामा डेंगुको सङ्क्रमण देखिएको छ महाशाखाले जनाएको छ । नेपालमा हालसम्म डेंगुबाट निधन हुनेको संख्या १३ रहेको छ । ३० भदौको तथ्यांक अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ९९७१ जनामा यसको संक्रमण देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १८८ जनामा डेंगु देखिएको छ ।
नेपालमा सर्वप्रथम २०६१ सालमा पहिलोपटक डेंगको बिरामी देखिएको थियो । त्यसपश्चात् नेपालमा वर्षेनी यस रोगको संक्रमण देखिन थालेको हो ।
प्रकाशित मितिः २०७९ असोज १ गते, दिउँसो १ः२१ बजे

