…जब अस्पताल परिसरमा अटोमै बच्चा जन्मियो

गृहपृष्ठ स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य ।

रेसुंगा नगरपालिका ७ की पवित्रा नेपाली सुत्केरी व्यथाले च्यापिएपछि गुल्मी अस्पताल तम्घासमा ल्याइँदै थिइन् । अस्पताल प्रागंणमा आउँदै गर्दा जब उनले आफू चढेको अटोमा बच्चा जन्माइन् तब नजिकै रहेका सबै अचम्ममा परे । तत्काल अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकले उक्त अटोमै गई सुत्करी तथा बच्चालाई अस्पतालभित्र लगेर आवश्यक उपचार अगाडी बढाएका थिए ।

पहिलो बच्चा घरमै जन्मिएकाले दोस्रो बच्चा पनि घरमै होला कि भनेर व्यथा लागेको लामो समय परिवारले उहाँलाई घरमै राखेको थियो । पछि गाह्रो भएपछि अस्पताल ल्याइएको उनका आफन्तले बताए ।
हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको गुल्मी अस्पतालका मेसु डा. उत्तम पच्याले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *