अनु केसी, नेपाल स्वास्थ्य
नेपालमा संविधानसभाबाट बनेको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । जसअन्तर्गत राज्यका तर्फबाट जनताले आधारभूत स्वास्थ्य सेवाका विभिन्न विषयवस्तुलाई प्राथमिकतामा राखिएको देखिन्छ । स्वास्थ्य सेवा पाउनबाट बन्चित नगरिनेसँगै सरसफाइका कुराहरु उल्लेख छन् ।
विशेषगरी ४ वटा विषयलाई संविधानमा उल्लेख गरिएको छ । हेरौं संविधानमा लेखिएका बुँदा:
१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।
२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ।
३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।
४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ।


