नेपाल स्वास्थ्य, पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ। रम्भा गाउँपालिको फोक्सिङ्कोट र पीपलडाँडा क्षेत्रमा पर्ने रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले पुष्टि गरेको हो।
सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो। यार्सागुम्बामा औषधिजन्य गुण हुने भएकाले यो महत्त्वपूर्ण मानिन्छ।
प्रकाशित मिति: २०८२ जेठ २६ गते, बिहान १०:४२ बजे

