नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। स्वास्थ्य बिमा कार्यक्रम विस्तार, दलित तथा पिछडिएका र गरिबीको रेखामुनि रहेका नागरिकको निःशुल्क स्वास्थ्य बिमा, बिमाको बाँकी भुक्तानी तेस्रो पक्षको परीक्षणमार्फत चालु आर्थिक वर्षभित्र भुक्तानी दिने, मुटु, मिर्गौला, मधुमेह र उच्च रक्तचाप र क्यान्सरसहितका नसर्ने रोगकोे निःशुल्क उपचार, जलन उपचारको सेवा सातै प्रदेशमा विस्तार गरिने लगायतका कार्यक्रम बजेटमा समेटिएको छ ।
प्रकाशित मिति: २०८२ जेठ १५ गते, दिउँसो ४:२९ बजे

