नेपाल स्वास्थ्य, बर्दिया अस्पतालमा एकैदिन १४ जना बिरामीको पाठेघर सम्बन्धी समस्याको सफल शल्यक्रिया भएको छ । अस्पतालले १४ जनाको आङ खसेको र मासु पलाएको समस्या भएका बिरामीको सफल शल्यक्रिया गरेको हो ।
गत शनिबार १३ जनाको निःशुल्क र एक जनाको न्युनतम शुल्क लिएर अप्रेशन गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुबास पाण्डेले बताए । शल्यक्रिया लागि कोहलपुरबाट वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.कविता पाण्डे, डा. होमनाथ अधिकारी र बर्दिया अस्पतालका वरिष्ठ एनेस्थेसिओलोजिस्ट डा. दिपेन्द्र महासेठ लगायतको टीम खटिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २०८१ पौष २३ गते, बिहान ११:३५ बजे

