नेपाल स्वास्थ्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले ‘मुटुको कथा’ पुस्तक ल्याउने भएका छन् । बुकहिल पब्लिकेशनमार्फत प्रकाशन हुन लागेको पुस्तकमा मुटु नै हल्लाउने शक्तिशाली कथाहरु रहेको जनाइएको छ । यस पुस्तकका बारेमा कलाकार हरिवंश आचार्यले लेखेका छन, तपाईंका लेख/रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो । यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ ।
पुस्तक अंग्रेजी नयाँ वर्ष २०२५ मा बजारमा आउनेछ ।
प्रकाशित मितिः २०८१ पौष १३ गते, राती १०ः४४ बजे

