१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको हो ।

तत्कालका लागि विपन्न नागरिक औषधि उपचारबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ र बाँकी खर्च मन्त्रालयको आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सेवा सुचारु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्र्तगतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ।


प्रकाशित मितिः २०८१ कार्तिक १२ गते, साँझ ५ः५३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *