नेपाल स्वास्थ्य,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट उक्त निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेकका सबै काज शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्।
प्रकाशित मितिः २०८१ बैशाख २६ गते, दिउँसो १ः५३ बजे

