नेपाल स्वास्थ्य,
गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई छुट्याएर अलग अलग मन्त्रालय बनाउने निर्णय गरेको हो । अब सामाजिक विकास र स्वास्थ्य मन्त्रालय छुट्टा छुट्टै हुनेछन् । यसअघि यो प्रदेशमा ७ वटा मन्त्रालय रहेका थिए ।
यसअघि मुख्यमन्त्री रहेका खगराज अधिकारीले पहिलेको कार्यकालमा मन्त्रालयको संख्या घटाएपनि यसपटक भने दलीय भागबन्डाको लागि मन्त्रालयको संख्या बढाएका छन् ।
प्रकाशित मितिः २०८० चैत्र ३० गते, दिउँसो १२ः४६ बजे ।

