स्वास्थ्यका लागि फाइदाजनक छ मेवा

टिप्स हेडलाइन्स

नेपाल स्वास्थ्य, शरीरको लागि आवश्यक फलफूलहरु मध्ये मेवा पनि एक हो। मेवामा भिटामीन ‘ए’ र ‘सी’ पाइन्छ। मेवा खाँदा हाम्रो शरीरमा धेरै फाइदाहरु हुने गर्छ। त्यसैले त मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ।

रोग प्रतिरोधक क्षमता बढाउन्छः मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ।

मधुमेह रोगीलाई फाइदाः मेवा सेवन गर्दा गुलियोको तिर्सना पनि मेटिने तथा यसमा सुगरको मात्रा अति न्यून हुनाले मधुमेह रोगीलाई उपयोगी हुन्छ।

क्यान्सरको प्रतिरोधः यसमा हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन। जसले गर्दा क्यान्सरको सम्भाबना कम हुन्छ।

कोलस्ट्रोल घटाउँछः मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरिरमा भएको कोलस्ट्रोल कम गर्दछ।

तौल घटाउन मद्दत गर्छः यसमा भएको फाइबर तत्वले पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म सहयोग गर्दछ।
महिनावारीको पीडाबाट छुटकाराः यसमा पाइने पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ।

पाचन शक्ति बलियोः यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ।

तनाव कम गर्छः यसमा तनाव कम गर्ने क्षमता रहेको समेत अध्ययनले देखाएको छ ।

आँखाको लागि उपयोगी: मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ।

एजेन्सीको सहयोगमा,
प्रकाशित मितिः २०८० पौष २८ गते, बिहान ८ः३० बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *