जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔं।
– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौं,
– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं,
– आगो ताप्दा वा हिटर बाल्दा कागज ,कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं,
– आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं,
– हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं,
– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं,
– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं,
– गिजर खोलर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।
NHIECC को सहयोगमा,
प्रकाशित मितिः २०८० मंसिर २५ गते, दिउँसो १ः०७ बजे

