नेपाल स्वास्थ्य डटकम,
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप चीनबाट नेपाल ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । यो खोप १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि दिइने गरिन्छ ।
परिवार कल्याण महाशाखा ,बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए ।

प्रकाशित मितिः २०८० असार २१, राती ९ः४७ बजे ।

