नेपाल स्वास्थ्य डटकम
आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई समेत फाइदाजनक हुन्छ । आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्ने गर्छ । आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ।
आँप खानुका फाइदाहरु:
– आँपले शरीरमा रगतको मात्रा बढाउँछ। त्यसैले रगतको मात्रा कम हुने मानिसले पनि आँप खानु लाभदायक हुन्छ।
– आँप एन्टिअक्सिडेन्टयुक्त जसले गर्दा क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ।
– आँपमा पाइने फाइबरले पाचन शक्तिलाई बलियो बनाउँछ।
– आँपको सेवनले छालामा चमक तथा भएका धब्बा हटाउन सहयोग गर्दछ ।
– आँपको सेवनले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।
– आँपमा हुने ‘भिटामिन ई’ ले मानिसमा यौन क्षमता बढाउन मद्दत गर्छ।
– आँपको सेवनले मस्तिष्कलाई स्वस्थ राखी स्मरण शक्ति बढाउन मद्दत गर्छ।
– आँपमा प्रशस्त मात्रामा पाइने फाइबर र ‘भिटामिन सी’ ले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।
– तौल बढाउन चाहनेका लागि उपयोगी हुन्छ ।
– यसमा पाइने ’भिटामिन ए’ ले आँखा तेजिलो बनाउन सहयोग गर्छ ।
– यसमा भएको पोटासियम र म्याग्नेसियमले शरीरको रक्तचाप नियन्त्रण गर्छ।
प्रकाशित मितिः २०८० असार २० गते, बिहान ७ः२९ बजे

