यी हुन् सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका स्वास्थ्यका विषय

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य पुर्‍याउने र असहाय र वृद्धलाई घरदैलौमै स्वास्थ्य सेवा पुर्‍याउने सरकारले योजना रहेको बताउनु भएको छ।

त्यसैगरी आधारभूत अस्पतालमा एक एमडिजिपी, एक महिला तथा प्रसुती रोग विशेषज्ञ, कम्तिमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, प्राविधिक जनशक्ति र उपकरण र एम्बुलेन्स सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गर्ने पनि सरकारको योजना छ।

त्यस्तै उच्च शिक्षा अध्ययनमा अवसर दिने,सामुदायिक अस्पतालमा एक अस्पताल एक चिकित्सकको व्यवस्था गर्नेदेखि बहिरिंग सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गरिने, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला र कर्णाली प्रदेशमा एयर एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने लगायतका कार्यक्रम समावेश गरेको छ ।

प्रकाशित मिति:२०८० जेठ ०५ गते, राती ८:२७ बजे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *