नेपाल स्वास्थ्य डेस्क,

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा अवस्थित अर्घाखाँची अस्पतालमा कार्यरत रहनुभएका डा. अशोक शाह बिरामी तथा त्यस क्षेत्रका आम मानिसको लागि छोटै समयमा परिचित बन्न पुगेको नाम हो । बंगलादेशबाट एमबिबिएस र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडीजिपीको अध्ययन पूरा गर्नुभएका उहाँ यसभन्दा अघि रेजिडेन्ट डाक्टरको रुपमा गुल्मी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ रेजिडेन्ट डाक्टरको रुपमा रहदाँ गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्यूठानका थुप्रै बिरामीको उपचार गरी निको पार्न सफल शाहको नाम धेरैलाई कठस्थ छ । सबै बिरामीलाई आफ्नो परिवारको सदस्य मानी उपचार र सल्लाह दिनुपर्छ भन्ने अटल मान्यता उहाँको छ ।
बिरामीको समस्या, पीडा र मर्कालाई आफ्नै ठानी अहोरात्र उपचारमा होमिई नेपालको ग्रामिण भेगका बासिन्दाको स्वास्थ्यमा अतुलनीय योगदान दिनुभएका शाहसँग नेपाल स्वास्थ्य डटकमले व्यक्तिगत जीवनसँग नजिक रहेर संवाद गरेको छ । प्रस्तुत छ उहाँसँगको संवाद ।
जन्मस्थानः सुरुङ्गा नगरपालिका वडा नं. १० सप्तरी ।
बाल्यकालः बि.स. २०४७ साल चैत्र २ गते गाउँमा जन्मिएको । मिल्ने साथीसँग गाउँकै विधालयमा जाने गरेको । बुवासँग बस्ने, पढ्ने । साँझतिर साथीहरुसँग फुटबल खेल्ने । बाल्यकालका मेरा सबैभन्दा मिल्ने साथीहरु राजेन्द्र, कृष्ण र रोशन ।
विधालय शिक्षाः कक्षा १० सम्म गाउँकै सरकारी विधालय श्री केशव स्मारक जनता मा.वि. टिकुलियामा पढेको । त्यहाँबाट उत्कृष्ट नतिजामा २०६३ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाण्डौंको पिनाकल कलेजबाट विज्ञान संकायबाट प्लस टु पास गरेको ।
उच्च शिक्षा अध्ययनः बंगलादेशबाट २०७३ सालमा एमबिबिएस उत्तीर्ण गरेको । त्यसपछि काठमाण्डौंको पाटन एकेडेमी अफ हेल्थ साइन्सबाट २०७९ मा MDGP/EM गरेको ।
जीवनको महत्वपूर्ण क्षणः २०७६ सालमा नेपाल सरकारले दिने छात्रवृत्तिमा नाम निस्कदाँ ।
निराश भएको समयः पहिलो पटक २०६४ सालमा गाउँबाट साथी तथा परिवारलाई छोडेर काठमाण्डौं पढ्न जाँदा ।
सबैभन्दा खुसीको क्षणः बि.स. २०७४ मा एमबिबिएस र बि.स. २०७९ सालमा एमडी पास हुदाँ ।
सम्झनामा आइरहने बिरामीः गुल्मी अस्पतालमा रहदाँ उपचार गरेको बिरामी टोपेन्द्र ।
स्वस्थ्य रहने उपायः दैनिक ३५ मिनेट व्यायम तथा हिँड्डुल ।
प्रेरणादायी व्यक्तित्वः कृष्ण प्रसाद पंडित ।
अरुलाई सन्देशः आफ्नो कर्मबाट कहिल्यैं पछाडी नहट्नु । सबै बिरामीलाई आफ्नो परिवारको सदस्य मानी उपचार र सल्लाह दिनु ।
प्रकाशित मितिः २०८० बैशाख १८ गते, दिउँसो ५:४१ बजे ।

