स्वास्थ्य मन्त्रालयको परिपत्र- ‘कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराऊ’

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई एक परिपत्र गर्दे कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ ।

त्यसैगरी मन्त्रालयले अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ । परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्र भागमा राख्न समेत निर्देशन दिएको छ।
अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो ।

प्रकाशित मितिः २०८० बैशाख १४, दिउँसो १२ः५१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *