नेपाल स्वास्थ्य,
त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच आज झडप भयो । विद्यार्थीहरुले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय झडपको स्थिति सिर्जना भएको थियो ।
विगत केहि दिनदेखि चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलनमा उत्रदैं आइरहेका छन् । आजको आन्दोलनमा प्रशासनले प्रहरी लगाएर ताला फोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
क्षमताभन्दा बढी होस्टलमा विधार्थी राखिएको र सो सम्बन्धमा सुधारको लागि आवाज उठाउँदा प्रशासनबाट धम्कि सहनु परेको उनीहरुको गुनासो छ ।
प्रकाशित मितिः २०७९ माघ १०, दिउँसो ४:२९ बजे

