नेपाल स्वास्थ्य,
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उपचारार्थ त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। उहाँको उपचार छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ ।
संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
प्रकाशित मितिः २०७९ पुस ५ गते, बेलुका ७ः४० बजे

