मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिल सम्मानित

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटु रोग विशेषज्ञ डा.ओम मुर्ति अनिललाई सम्मान गरेको छ । शनिबार प्रतिष्ठानले काभ्रेपलान्चोकस्थित बनेपामा आयोजना गरेको कार्यक्रममा उहाँलाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान- २०७९’ प्रदान गरेको हो। मुटु रोग निवारणको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । डा. अनिल सहित यो सम्मान हालसम्म चार जनालाई प्रदान गरिएको छ ।

मुटुरोग विशेषज्ञ डा.अनिल नेपालमा मुटुरोगीको उपचार, स्वास्थ्य जनचेतना लगायतका कार्यमा सक्रिय रुपमा लाग्दै आउनु भएको छ ।


प्रकाशित मितिः २०७९ पौष ३ गते, दिउँसो ३ः५० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *