नेपाल स्वास्थ्य डटकम,
विश्व स्वास्थ्य संगठनले मंकीपक्सको नाम परिर्वतन गर्दे ‘एमपक्स’ राखेको छ। आगामी एक वर्षसम्म भने यो भाइरसलाई दुवै नामले प्रयोग गरिने जनाइएको छ । संगठनले आफ्नो संचारमा प्रयोग गर्दा ‘एमपक्स’ शब्दलाई अपनाउने र अरूलाई पनि यो शब्दको प्रयोग गर्न सिफारिस गर्ने जनाएको छ । विज्ञ, विभिन्न देशहरु र आम जनताबीचको लामो छलफलपछि यो नामको प्रयोग गर्ने निर्णयमा विश्व स्वास्थ्य संगठन पुगेको हो ।
मंकीपक्सको नामलाई लिएर गुनासो तथा विरोध हुदैं आएको थियो । अमेरिका, ब्राजिल, स्पेन, फ्रान्स र बेलायतमा यो वर्ष सबैभन्दा बढी मंकीपक्सका बिरामी भेटिएका थिए ।
प्रकाशित मितिः २०७९ मंसिर १३, बिहान ८ः२० बजे ।

