सरकारी अस्पतालमा विधार्थीलाई ओपिडी टिकटमा सहुलियत

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

सरकारले विद्यार्थीलाई ओपीडी टिकटमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सो सम्बन्धी सूचनामा परिचय पत्रका आधारमा ओपिडी टिकटमा विधार्थीलाई सहुलियत दिने निर्णय भएको जनाइएको छ । यो सेवा विधार्थीले देशका संघीय अस्पतालबाट लिन सक्ने जनाइएको छ ।

नेकपा एस निकट विद्यार्थी संगठनले विद्यार्थीहरुलाई छुट दिनको निम्ति सरकारलाई दबाब दिदैं आइरहेको थियो ।

प्रकाशित मितिः २०७९ असोज १२, बिहान ८ः३३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *