नेपाल स्वास्थ्य,
राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बाफल काठमाण्डौंमा असोज १ गते सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा कपिल ज्ञवाली र महासचिवमा कैलाश खाकी श्रेष्ठ चुनिएका छन् ।
त्यस्तै संघको सल्लाहकार समिति संयोजकमा सुदर्शन पौडेल, उपाध्यक्षहरुमा डमरू पनेरू, कुन्जना पाण्डे र कृष्ण मिजार, सचिवहरुमा देवराज रेग्मी, संजिव पटेल र सुनिता परियार चुनिएका छन् भने संघको कोषाध्यक्षमा अशोक पाण्डेय रहेको संघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ असोज २, विहान ७ः०५ बजे

