नेपाल स्वास्थ्य, जिल्ला अस्पताल अर्घाखाँचीमा मिर्गौलाको डायलासिस सेवा सञ्चालनको तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची सँगै गुल्मीको दक्षिणी क्षेत्र र प्युठानको पूर्वी क्षेत्रका बिरामीहरूलाई सहज सेवा दिने उद्देश्यले जिल्ला अस्पताल सन्धिखर्कमा डायलासिस सेवा सञ्चालन गर्ने काम अगाडि बढाएको थियो।
सोही अनुरूप अस्पतालमा डायलासिस सेवाका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडान गर्ने काम भइरहेको अस्पतालले जनाएको छ। सेवा सुरू भएपछि मिर्गौलाका बिरामीले सहज सेवा पाउने छन्।
प्रकाशित मिति: २०८३ असार २४ गते, बिहान ११:२३ बजे

